चुनाव नजिकिदै गर्दा संघीय समाजवादीका उमेदवारहरु जनताको घरदैलोमा

पोखरा, २१ कात्तिक/संविधानसभाको निर्वाचन नजिकिदै गर्दा नयाँ राजनैतिक शक्ति निर्माणको अभियानमा जुटेको संघीय समाजवादी पार्टी कास्कीले क्षेत्र नं. १ का उमेदवार मनबहादुर गुरुङले विहिवार लेखनाथ नगरपालिकाको वडा नं. २ मा घरदैलो कार्यक्रम गर्नुभएको छ । उमेदवार गुरुङ सहितको टोलीले दुर्गाटोल, गोलपाटन, प्रगतिचोक, सुन्दरीटोल, धम्पुसटोल, शिवटोल, मिलनचोक, कुमाल गाँउ लगायतका क्षेत्रमा मतदाताको घरदैलो र भेटघाट गर्नुभयो । घरदैलो कार्यक्रम पछि आयोजित कोणसभामा उमेदवार मनबहादुर गुरुङ, जंगबहादुर गुरुङ , गोपालमान गुरुङ, क्याप्टेन मेकबहादुर गुरुङ,सुन्दर तामाङ, गंगा तामाङ, धनबहादुर गुरुङ, सन्तोष भण्डारी, सञ्जय गुरुङ लगायतले जनताको अधिकार सम्पन्न संविधान निर्माणका लागि गोलाकारभित्रको छाता चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो । क्षेत्र नं. २ मा विहीवार वडा नं. १५ मा घरदैलो गरेको छ । वडा नं. १५ स्थित पट्नेरी, अमिनटार, टुटुंगा, बन क्याम्पस, कान्तीपुर चोक, नयाँगाँउ, खरबारी, घलेचोक लगायतका क्षेत्रमा मतदाताको घरदैलो एवं भेटघाट सम्पन्न गरेको छ । घरदैलो कार्यक्रममा उमेदवार देवीराज गुरुङसहितको टोलीलाई घरघरमा स्वागत गरिएको थियो ।

यसरी नै क्षेत्र नं. २ का उमेदवार देवीराज गुरुङले संगमटोलस्थित रोम्लेदवी कुलुङ समाजमा आयोजित भेलालाई सम्बोधन गर्नुहुदै अधिकार मागेर नपाइने भएकाले हिजैदेखि विभेदमा पारिएका जाति, वर्ग, समुदाय, लिंग, क्षेत्रका जनताले आफुमाथि भईरहेको अन्याय, अपमान र भेदभावको यही निर्वाचनमा हिसाब किताब गर्नुपर्नेमा जोड दिनुहुदै जनताको अधिकार लेखिने निर्वाचन भएकाले सबैलाई सचेत भई गोलाकार भित्रको छाता चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।
क्षेत्र नं. ३ का प्रत्यक्ष उमेदवार पानबहादुर घर्ती भुजेल, समानुपातिक उमेदवार तथा पार्टीका केन्द्रीय सचिव मीना गुरुङ सहितको टोलीले भरतपोखरी गाविसको वडा नं. १,२, ३, ७ र ८ मा घरदैलो कार्यक्रम गरेको छ ।

यसैक्रममा मालागिरीमा अनिता गुरुङ अध्यक्ष, चित्रबहादुर गुरुङ उपाध्यक्ष, सपना गुरुङ सचिव रहेको १५ सदस्यीय संघीय समाजवादी पार्टी गठन र ५१ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । अनिता गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पार्टीका केन्द्रीय सचिव तथा समानुपातिक उमेदवार मीना गुरुङले समान अधिकार विना सम्वृद्ध नयाँ नेपाल बन्न नसक्ने भएकाले विगतदेखि विभेद सहेर बसेका जनतालाई सचेत हुनु आग्रह गर्नुहुदै जनताको अधिकार सुनिश्चित गर्न र सम्वृद्ध नेपाल निर्माणका लागि गठित संघीय समाजवादी पार्टीको गोलाकारभित्रको छाता चिन्हमा मतदान गर्नु आग्रह गर्नुभयो ।

क्षेत्र नं. ३ का प्रत्यक्ष उमेदवार पानबहादुर घर्ती भुजेल, क्षेत्रीय अध्यक्ष कुलबहादुर भुजेल, जिल्ला नेता गुमानसिंह थापामगर, अमृतसिंह भुजेल, रिमबहादुर गुरुङ लगायतले सदियौंदेखि विभेदमा पारिएका जनताको एकताबाटै समान अधिकार सहितको संविधान लेख्न सकिने भएकाले गोलाकारभित्रको छाता चिन्हमा मतदान गर्न आग्रह गर्नुभएको थियो । क्षेत्र नं. ४ का उमेदवार गणेशमान गुरुङलाई जिताउन दाङसिङ ७ सावेत र ८ नयाँ गाउँमा चुनाव प्रचार प्रसार समिति गठन भएको छ ।

कमेन्टहरु
Loading...