ज्योतिष भविष्यवाणीद्वारा अधिकारी र गुरुङ सम्मानित

पोखरा, मंसिर २३ /साप्ताहिक पत्रिका ज्योतिष भविष्यवाणीले पत्रिकामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रबन्ध निर्देशक तथा महाकाव्यकार रामनाथ अधिकारी ‘संगी’ र आजीवन संरक्षक तथा ज्योतिषी प्रेम कुमारी गुरुङलाई आज सम्मान गरेको छ । नेपाल ज्योतिष पत्रकार संघको १३ औं वार्षिकोत्सवको अवसरमा नेपाल प्राज्ञमञ्च पोखराका सदस्य प्रा.डा. यादव शर्मा गौडेलले संगी र गुरुङलाई सम्मान गरे।

सम्मान कार्यक्रममा गौडेलले ज्योतिष कठिन पेशा भएकाले सबै मानिसले बुझ्न नसकेको बताउ“दै ज्योतिषीहरूले यसलाई सरल र सहज बनाएर मानिसमा रहेको कौतुहलतालाई मेटाउनुपर्ने बताए । ज्योतिषको वास्तविकतालाई आजको पुस्ताले मूल्यड्ढन गर्नुपर्ने बताउ“दै उनले ज्योतिषीले गरेका भविष्यवाणी कति मिल्यो त्यसको लेखाजोखा आजको पुस्ताले गर्नुपर्ने बताए ’ मानिसमा भएको अल्पज्ञानका कारणले नै ज्योतिषशास्त्र अन्यभन्दा पछाडि परेको उनको भनाई थियो ।

कार्यक्रममा गीताञ्जली साहित्य परिवारका अध्यक्ष तथा नेपाल ज्योतिष पत्रकार संघका पूर्व महासचिव कृष्ण भण्डारी ‘मुमुक्षु’ ले ज्योतिष शास्त्रलाई सक्रिय रुपमा अघि बढाउन ज्योतिषीहरू लाग्नुपर्ने धारणा व्यक्त गरे । त्यस्तै सम्मान ग्रहण गरेपछि आफ्नो मन्तव्य व्यक्त गर्दै सम्मानित व्यक्तित्व महाकाव्यकार रामनाथ अधिकारी ‘संगी’ ले ज्योतिष भविष्यवाणीले गरेको सम्मान आ“फूका लागिमात्र नभएर समग्र ज्योतिष एवं साहित्यकारको भएको धारणा व्यक्त गरे । अर्का सम्मानित व्यक्तित्व ज्योतिषी प्रेमकुमारी गुरुङले आधार आकाश ढाकेका महिलाले केही गर्न हु“दैन भन्ने नेपाली समाजको अन्धविश्वासलाई सम्मानले झापड हानेको बताइन ।

कमेन्टहरु
Loading...