६४९ स्थानीय तहलाई तत्काल अस्पताल बनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल नभएका ६ सय ४९ स्थानीय तहलाई ५ शैयाका अस्पताल बनाउन निर्देशन दिएको छ । सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती स्थानीय तहमा अस्पताल बनाउन निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

कोभिड–१९ सत्रंmमणका बिरामी राख्न शैयाको अभाव भएकाले अस्थायीरूपमा अस्पताल तत्काल बनाउन मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ती स्थानीय तहलाई निर्देशन दिएको हो । ५ शंयाका दरले ती स्थानीय तहमा ३ हजार २ सय ४५ शैयाका अस्पताल बन्ने छन् ।

अहिले नेपालमा ४८ हजार १ सय ३८ जना कोभिड–१९ बाट संक्रमित भएका छन् । यस्तै ३२ हजार ९ सय ६४ निको र ३०६ जनाको संक्रमणबाट मृत्यु भएको छ । यही भदौ १३ गते मन्त्रीस्तरीय निर्णय गर्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अस्पताल नभएका स्थानीय तहमा ५ शंयाको अस्पताल बनाउने निर्णय गरेका थिए । अस्पतालको व्यवस्थापन र कहाँ सञ्चालन गर्ने भन्ने निर्णय स्थानीय तहले गर्नेछन् ।

ती अस्पतालमा १ चिकित्सक, २ नर्स र १ कार्यालय सहयोगी हुने छन् । मन्त्रालयले ती अस्पतालको कार्यप्रगतिका आधारमा बजेट थप गर्ने मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताएका छन् । मन्त्रालयले प्रतिशैया २ लाखका दरले बजेटसमेत कोष तथा लेखा नियन्त्रण कार्यालयबाट निकासा गरिरहेको छ । अस्पतालका लागि ३ महिनाको शैयाका लागि ५ लाख, औषधी ५० हजार र चिकित्सक, स्वास्थ्यकर्मीका लागि ४ लाख ५० हजार बजेट विनियोजन गरी पठाइसकेको छ ।

ती स्थानीय तहले आधारभूत स्वास्थ्य सेवा केन्द्र, स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्रका भवन, सामुयायिक भवन वा अस्थायी टहरामा तत्काल कोभिड–१९ का बिरामीको उपचारको व्यवस्थापन गर्न अस्पताल निर्माण गर्न भनिएको हो । रासस

कमेन्टहरु
Loading...