कास्कीको धितालमा कांग्रेसको घरदैलो

कात्र्तिक २०, पोखरा /आउँदो संविधान सभा निर्वाचनका नेपाली कांग्रेस क्षेत्र नम्बर ४ कास्कीले आफ्नो चुनावी अभियान अन्तर्गत बुधबार कास्कीको धिताल गाविसमा घर दैलो तथा कोण सभा सम्पन्न गरेको छ ।

धिताल गाविसका ९ वटै वडाहरुमा भएको घरदैलो पछि वडा नम्बर ६ ओखलेमा भएको कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का उम्मेदवार महादेव गुरुङले कांग्रेस प्रति जनलहर उर्लेका कारण अब कांग्रेस विजय शुनिश्चीत भएको बताउनुभयो । घर दैलोका क्रममा त्यस क्षेत्रका जनताले नेपाली कांग्रेस प्रति मात्रै आफूहरुको आशा र विश्वास रहेको भनेर आफूलाई भनेका कारण अब जनताको मनोभावनालाई सदैब ख्याल राखेर आफू आगाडी बढ्ने प्रतिबद्धता समेत उम्मेदवार गुरुङले व्यक्त गर्नुभयो ।

घरदैलो पछि भएको कोण सभालाई समानुपातिक उम्मेदवार हरिमाया गुरुङ, महासमिति सदस्य रामचन्द्र त्रिपाठी, पोषनाथ शर्मा, क्षेत्रिय सभापति आई बहादुर गुरुङ, जिल्ला सचिव युवराज कुँवर, जिल्ला सदस्य देवेन्द्र कुमार शेरचन लगायतले अब कम्युनिष्टहरुका झुटा नाराबाट जनता दिक्क भईसकेकाले कांग्रेस विजयी निश्चीत भएका कारण दृढ भएर अगाडी बढ्न कार्यकताहरुलाई आग्रह गर्नुभयो ।

कमेन्टहरु
Loading...