पोखरा । कोरोना संक्रमणबाट मृत्यु भएकी पोखरा-१० की एक महिलाको शब रातारात व्यवस्थापनको तयारी गरिएको छ ।
दुई दिन अघि उपचारका लागी पोखरा- ११ रानीपौवाको मेडिप्लस अस्पताल भर्ना भएकी उनलाई कोरोना संक्रमण देखिएपछि भदौं २२ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ उपचार केन्द्रको आइसियुमा उपचारकै क्रममा उनको मंगलबार दिउँसो ३:५० बजे निधन भएको थियो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट महिला शबको सुरक्षा संयन्त्रको घेरामा अहिले पोखरा मनपा ३२ मझुवामा व्यबस्थापनका लागी लगिदैंछ ।
यसअघि शब व्यबस्थापनका लागी लैजाने क्रममा स्थानियले विरोध गर्ने गरेकाले मध्यरातमा व्यवस्थापनका लागी लगिएको आशंका गरिएको छ ।