कैलालीमा ६३ जना सेना कोरोना संक्रमित

कैलालीको गोरङ्गेस्थित नेपाली सेनाको पृतना तालीम शिक्षालयका ६३ जनामाकोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जयन्ती विसिले उक्त तालीम केन्द्रका २४५ सैनिकको नमूना सङ्कलन गरिएकामा आज ६३ मा कोरोनाको पुष्टि भएको जानकारी दिए ।

तालीम शिक्षालयका १२९ को नतिजा नेगेटिभ आएको जनाइएको छ ।

कमेन्टहरु
Loading...