काठमाडौं । ललितपुरको पुल्चोकमा गत बिहीबार मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा ट्राफिक प्रहरीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उक्त घटनामा १७ जना पक्राउ परेकोमा १ जनालाई कोरोना संक्रमण पुष्टि भएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । प्रहरीले पक्राउ परेकालाई म्याद थप गर्नु अगाडि पिसिआर परीक्षण गरेको थियो ।
