पोखरा महानगरको पौने दुई करोड खै ? खोलाले बगायो

पोखरा/खै गाई ? खोलाले बगायो । खै खोला ? सुक्यो भनेझै पोखरा महानगरपालिकाको पौने दुई करोड खोलाले बगाएको जस्तै छ । महालेखा परिक्षकले देखाएको १३ करोड बेरुजुमा पौने दुई करोड भने हराएको स्विकार गर्दै पोखरा महानगरपालिकाका प्रमुख र उपप्रमुखले २५ दिन भित्र हिसाब खोज्ने बताएका थिए ।
तर अहिलेसम्म पनि त्यो पैसाको हिसाब आएको छैन । उक्त रकम घोटना प्रकरणमा मुछिएका लेखा अधिकृत जयराम पौडेलको संयोजकत्वमा बनाएको समितिले अहिलेसम्म पनि रिपोर्ट ल्याउन सकेको छैन । बेरुजूको हिसाब निकाल्नुको सट्टा महानगरका लेखाप्रमुख र पुरानो राजस्व प्रमुख विचमा जुवारी चलिरहेको छ ।
सोलार विज्ञापन काण्ड,बस स्टेसन विज्ञापन काण्ड लगायतका थुप्रै काण्डहरु बाहिर आउँदा पनि कर्मचारीलाई दोष देखाएर महानगर यतिबेला उम्कन खोजिरहेको छ । गल्ति गरेको कर्मचारीलाई कारबाहिको सिफारिस गर्न जनताबाट चुनिएर आएका प्रतिनिधिलाई कस्ले रोक्यो भन्ने प्रश्न आजको मुल प्रश्न बनेको छ ।
केहि समय अगाडीदेखि हिसाब माग्दै आएको जागौँ पोखरा अभियानले फेरी दैनिक रुपमा हिसाब खोज्दै पोखरा महानगरपालिका घेराउ अभियान थालनी गरेको अभियानकी संयोजक शिरिष गुरुङले बताईन् ।

कमेन्टहरु
Loading...