काठमाडौं । काठमाडौंमा १ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १५ डल्लुका ६८ वर्षीय वृद्धको कोरोना भाइरस संक्रमणबाट घरमा नै मृत्यु भएको हो । वृद्धलाई कोरोना भाइरसको कुनै लक्षण नदेखिएको भए पनि मृगौलाको रोगी भएकाले नियमित डायलासिस गर्ने क्रममा ललितपुरको पाटन अस्पतालमा नमुना परीक्षण गरिएको थियो । भदौ १७ गते स्वाब संकलन भए पनि उनलाई हिजो मात्र कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोनाको रिर्पोट आउनु अगाडि हिजो साँझ ५ बजे उनको घरमा नै मृत्यु भएको हो ।
