कोन सामुदायिक सहकारीको महाप्रवन्धकमा अपिल कोइराला

पोखरा ।  पोखराको प्रतिष्ठित सहकारी कोन सामुदायिक सहकारीको महाप्रबन्धकमा अपिल कोइराला नियुक्त भएका छन् ।

पोखरा- १३ बाझापाटनमा रहेको सहकारीले कोइरालालाई महाप्रबन्धकमा नियुक्त गरेको हो ।

कुमारी बैंकका पूर्व कर्मचारी समेत रहेका कोइरालाले संगम सहकारीका वरिष्ठ व्यबस्थापकको कार्य अनुभव संगालिसकेका छन् ।

हाल उनी सहकारी व्यबस्थापकहरुको क्लब कोअपरेटिभ म्यानेजर क्लब कास्कीका उपाध्यक्ष हुन् ।

सहकारीको कुल पुँजी २ अर्ब २० करोड रहेको छ । भने ३ हजार ४ सय सदस्य रहेका छन् ।

कमेन्टहरु
Loading...