सिराहा । सिरहा चौहर्वा सडकखण्ड अन्तर्गत सिरहाको नरहा गाउँपालिका ५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किदा २ जनाको ज्यान गएको छ भने १ गम्भीर घाइते भएका छन् । चोहर्वाबाट सिरहातर्फ जाने क्रममा बिग्रिएर रोकिराखेको ज १ त ४३२९ नंको ट्र्याक्टरमा गएराति अन टेष्ट नंको मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार २ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
ज्यान गुमाउनेमा मोटरसाइकल चालक सिरहा नगरपालिका–५ निवासी १९ वर्षीय अमलेश महतो र सोही ठाउँका २१ वर्षीय सुनिल सदा रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा पठाएकामा उपचारका क्रममा दुवैको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
दुर्घटनामा परी १९ वर्षीय मिथिलेश सदा गम्भीर घाइते भएको र उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ । रासस