आज ११ सय बढी थपिए, कूल संक्रमित संख्या ४१ हजार नाघ्यो

गन्थन डेस्क

नेपालमा बुधबार थप १ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ४१ हजार ६ सय ४९ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप १ हजार १२० जनाको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।

संस्थागत आइसोलेसनमा १० हजार ४ सय ९३ रहेको छ । अहिले देशका विभिन्न आइसोलेसनमा १८ हजार १ सय ८ जना संक्रमित उपचाररत रहेका छन् । गत २४ घण्टामा १ सय ११२ जना जना डिस्चार्ज भएका छन् ,भने आजसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार २९० पुगेको छ ।

आज थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेको संख्या २ सय ५१ पुगेको छ, अहिले देशभरीका विभिन्न क्वारेन्टाइनमा ६ हजार ७ सय ६६ जना रहेका छन् ।

कमेन्टहरु
Loading...