नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या बढ्दै, पछिल्लो पटक ११ जनाले ज्यान गुमाए, थप १ हजार ६९ लाई संक्रमण पुष्टि

पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ४० हजार ५ सय २९ पुगेको डा.गौतमले जानकारी दिएका छन् । २४ घण्टाको अवधीमा करिब १२ हजार ८८ जनाको पिसिआर परीक्षण गरिएको उनले प्रेस ब्रिफिङका क्रममा बताएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनामुक्त हुनेको संख्या ७ सय ६८ रहेको छ । योसंगै नेपालमा कोरोनामुक्त हुनेको कुल संख्या २२ हजार १ सय ७८ पुगेको छ । प्रा.डा.गौतमका अनुसार नेपालमा अहिले सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १८ हजार १ सय १२ रहेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको ज्यान गएको छ । यससंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ सय ३९ पुगेको छ ।

कमेन्टहरु
Loading...