पोखरा । पोखरा महानगरपालिकामा थप १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरा महानगरपालिका वडा नम्बर ७ का २७ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उनी गरिमा विकास बैंक डुम्रे तनहुँ शाखामा कार्यरत रहेका छन् ।
तनहुँको ब्यास नगरपालिका वडा नम्बर ५ का २३ वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी हुलाक सेवा तनहुँमा काम गर्छिन् । यस्तै जिल्लाको भानु नगरपालिका ७ का ५२ वर्षीय पुरुषलाई समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ हजार २ सय ८ पुगेको छ । यस अगाडि आज बिहान पोखरामा २ सहित गण्डकी प्रदेशमा ३९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
