तेस्रो सफल कपको उपाधिका लागी थ्री स्टार र मनाङ भिड्ने

सागर राज तिमिल्सिना
पोखरा १५ कार्तिक/पोखरामा जारी तेस्रो सफल पोखरा कपको उपाधि छिनोफानो भोलि हुदैछ । उपाधिको लागि चिरप्रतिद्धन्दी थ्रिस्टार र मनाङमस्र्याङदी भिड्नेछन् । थ्रिस्टार नप्लिज फुटबल एसोसिएसन हङकङमाथि २–१ को जित दर्ता गर्दै उपाधि होडमा आएको हो । मनाङ पनि आर्मीमाथि २–१ कै नतिजा निकाल्दै उपाधि नजिक आईपुगेको हो ।

mmcनेपालको फुटबल प्रतियोगितामा यी दुई टिम बिचको खेललाई निकै महत्वको साथ हेरिदै आएको छ । प्रतियोगिताको उपाधि होडमा एक अर्कासंग भिड्न पाएकोमा दुबै टिमका प्रशिक्षक खुसी छन् र जीत आफ्नो पक्षमा आउने दाबि गरेका छन् । थ्रिस्टारका प्रशिक्षक अञ्जन केसीले मनाङसंगको उपाधि भिडन्त आफ्नो पक्षमा आउने दाबि गरेका छन् । मनाङलाई कम आकेका हैन तरपनि जितको आत्माबिश्वास सहित मैदान उत्रनेछौ , उनले भनेका छन् । ’

मनाङका प्रशिक्षक हेमन्त आलेले अघिल्लो बर्षको जित दोहो¥याउने दाबि गरेका छन् । भुटानमा सम्पन्न किंस कपको साथै ५ महिना अघिको गोर्खाकपको उपाधि चुमेको मनाङले सफल कपमा पनि बाजी मार्दै यो सिजनमा उपाधि माथि ह्याट्रिक गर्ने उनले बताए । दोस्रो सफल कपमा मछिन्द्रमाथि १–० को जित निकाल्दै उपाधि चुमेको मनाङ पहिलो संस्करणमा सहभागि भएको थिएन । त्यस्तै अघिल्लो संस्करणमा भाग नलिएको थ्रिस्टार पहिलो संस्करणको क्वाटरफाईनलमा आर्मीसंग पराजित भएको थियो ।3 star

थ्रिस्टार गोर्खाकपको हारको बदला लिने सोचमा छ भने मनाङ ए डिभिजन लिगमा भोगेको पराजय बिर्साउने अबसरको खोजिमा छ । ५ महिनाअघि काठमाण्डौमा सम्पन्न गोर्खा कपको सेमिफाईनलमा मनाङले थ्रिस्टारलाई १–० ले हराएको थियो । ए डिभिजन लिग अन्तर्गत दुई पटक भएको भेटमा एक खेल एक शुन्यले थ्रिस्टारको पक्षमा गएको थियो भने एक खेल एक÷एक गोलको बराबरीमा सकिएको थियो ।

पोखरेलीको सर्बाधिक रोजाईका दुई टिम भिड्न लागेकाले पोखरा रंगशालामा उपस्थित खचाखच दर्शकका माझ फाईनल खेल हुने आयोजकको दाबि छ । कास्की जिल्ला फुटबल संघको आयोजनामा कार्तिक ५ गतेदेखि जारी प्रतियोगितामा आयोजक सहित नेपालका ९ र बिदेशी तीन गरी १२ टिमले सहभागिता जनाएका थिए ।

प्रतियोगिताकोे बिजेताले ३ लाख ५५ हजार र उपविजेताले २ लाख १ हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई मोटरसाईकल पुरस्कार दिईने आयोजकले जनाएको छ । त्यस्तै उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, स्ट्राईकर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही १५ हजार नगद हात पर्नेछन् ।

कमेन्टहरु
Loading...