पोखरा रगंशाला र प्यारापिट संचाल तथा संरक्षणको जिम्मा एन्फा कास्कीलाई

पोखरा, कात्तिक १५/पोखरा रगंशालाभित्र रहेको फुटबल मैदान र भिआइपी र दर्शक प्याराफिटको संरक्षण एवं संचालनको जिम्मा कास्की जिल्ला फुटबल संघले पाएको छ । कास्की जिल्ला खेलकुद विकास समितिले आगामी दुई वर्षका लागी फुटबल मैदान सहित प्यापिट संरक्षणको जिम्मा दिएको हो । कास्की जिल्ला फुटबल संघलाई संचालन र संरक्षणको जिम्मा दिने सम्झौता पत्रमा शुक्रबार हस्ताक्षर भएको छ ।

anfaसम्झौतापत्रमा कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन देवकोटा र एन्फा कास्कीका अध्यक्ष गोपीबहादुर भरटाईले हस्ताक्षर गरे । २०४० सालमा निर्माण भएको पोखरा रगंशालाको प्यारापिट मर्मत नहुदा जिर्ण अवस्थामा पुगेको छ भने पोखरामा हुने दुई अन्तराष्ट्रिय फुटबल प्रतियोगिता संचालन गर्दा आयोजक आफैले रङगरोगन र सामान्य मर्मत गर्ने काम हुदै आएको छ । तिन दर्शक सम्म पोखरा रगंशालामा भौतिक निर्माण हुन सकेको छैन् ।

कास्की जिल्ला फुटबल संघले जिम्मा पाएपछि रगंशालाको प्यारापिट र मैदानले मुहार फेर्ने विश्वास प्रकट गरिएको छ । पोखरा रगंशालामा प्याराफिट निर्माणका लागी आर्थिक सहयोग जुटाउन शुरु गरेको छ । पूर्व एन्फा केन्द्रीय सदस्य गणेशबहादुर भरटाईले एक लाख र मनाकामना दर्शन प्रालिका राजुबाबु श्रेष्ठले एक लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।

कमेन्टहरु
Loading...