पोखरामा शुरु भयो गोदावरी पदर्शनी एवं पुष्प ब्यापार मेला

पोखरा । १४ कार्तिक/पोखरामा विहिबार देखि क्षेत्रीय दोश्रो गोदावरी प्रर्दशनी एवं पुष्प ब्यापार मेला शुरु भएको छ । फ्लोरी कल्चर एशोसिएसन नेपाल कास्कीके अयोजनामा सुन्दर नगरी पोखराको पहिचान ब्यवसायिक प्रवद्र्धनमा गोदावरीको शान भन्ने मुल नाराका साथ पोखरामा विहिबार देखि शुरु भएको मेलामा स्पाइडर ,मिडियचर, रिफ्लेक्स र इन्टरमिडियट विरुवाहरुको प्रतिस्पर्धामा पुष्पाजञ्ली नर्सरीले तीन वटामा पुरस्कार पाउन सफल भयो भने स्पाइडर तर्फको पुरस्कार न्यू गौतम नर्सरीले प्राप्त गरेको छ ।

यस्तै स्टर तर्फ सबोत्कृष्ट स्टल न्यू र िनर्सरी बन्यो भने नर्सरीमा प्रथम पुष्पाजञ्ली , द्धीतीयमा न्यू गौतम , तृतीयमा श्रीराम नर्सरी र सान्तवना स्थान गोल्डेन नर्सरी र गार्डेन नर्सरीले प्राप्त गरेका छन् । पोखरामा विहिबार देखि शुरु भएको क्षेत्रीय दोश्रो गोदावरी प्रर्दशनी एवं पुष्प ब्यापार मेलामा तिन जना पत्रकार सहित ४ जना सम्मानित भएका छन् ।

पोखरामा रहेर कृषि र बातावरणको क्षेत्रमा संचार माध्यम प्रशारण तथा प्रकाशन गर्दे आएका पत्रकारहरु घनश्याम पाण्डेय, रामचन्द्र बराल र कमल पौडेल अथकलाई संचार क्षेत्रबाट कृषि बातावरणको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दे सम्मान गरेको छ । यस्तै नागरिक समाजको तर्फ बाट पोखराको शहरमा बृक्षा रोपणमा योगदान पु¥याएको भन्दै नागरिक समाजका संयोजक राम बहादुर पौडेल लाई सम्मान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि क्षेत्रीय कृषि निर्देशक धर्मदत्त बरालले ताम्रपत्र सहित दोसल्लाह ओडाएर उहाँ हरुलाई सम्मान गरेका थिए । कार्यक्रममा क्षेत्रीय कृषि निर्देशक धर्मदत्त बरालले पुष्प ब्यबसायको विकासको लागी ब्यबसायीको माग भए मेलाको प्रर्बधनमा सघाउन सक्ने बताए । उनले नेपालमा करौडौ पुष्प बाहिर बाट आयत गर्नु परेको सन्दर्भमा नेपालको बजार लाई मध्यनजर गर्दे उत्पादनमा जोड दिए ।
फ्लोरी कल्चर एशोसिएसन नेपालका केन्द्रीय अध्यक्ष लोकनाथ गैरेले आफुहरुले नेपाल सरकार संगको सहकार्यमा पुष्प मेला गर्दे आएको बताउदै नेपालको बजारको माग अनुसार पुष्प विरुवा उत्पादनमा जोड दिनको लागी दक्ष जनशक्तिको लागी तालिमहरुमा सरकारले सहयोग गर्नु पर्ने बताए । बागबानी अनुसन्धान केन्द्र मालेपाटनका प्रमुख एवं बैज्ञानिक राम बहादुर केसीले आफुहरु र पुष्प ब्यबसायी विच सहयोग र सहकार्य भइरहेको बताए ।
पोखरा उद्योग बाणिज्यसंघका अध्यक्ष सञ्जीब बहादुर कोइरालले पहिलेको तुलनामा पुप्प ब्यबसाय फष्टाउदो रहेको बताउदै प्राविधिक विषयमा राज्यले सहयोग गर्नु पर्ने बताए । नागरिक समाजका संयोजक राम बहादुर पौडेल , पुष्प ब्यबसायी बसन्त बानियाँ लगायतले फुल जन्म देखि मृत्यु सम्म सुख दुखको साथी भएको बताए ।

१७ गते सम्म पोखरा सभागृहमा चल्ने मेलामा तीन सय प्रजातिका फुल तथा बोट विरुवा प्रर्दशनीमा राखीएको छ । १५ रुपैया देखि १ लाख ५० हजार पर्ने फुलका बोट विरुवा मेलामा राखिएको आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...