हङकङलाई बदला लिदै थ्रीस्टार फाईनलमा

सागर राज तिमिल्सिना
पोखरा, १४ कार्तिक/उत्कृष्ट कम व्याक गर्दै लक्ष्मी बैंक थ्रीस्टारले हङकङलाई २—१ गोलले पराजित गर्दै उपाधि भिडन्त मनाङ मस्र्याङदीसित पक्का गरेको छ । उपाधिको लागि शनिबार प्रतिस्पर्धा हुने छ । मनाङले नया“ प्रतिस्पर्धीस“ग उपाधिको लागि भिड्ने मनमा लिएपनि पुरानै प्रतिद्धन्द्धी पाएको छ । फिजिकल रुपमा स्ट्रोङ देखिएको हङकङले पेनाल्टीबाट अग्रता लिएको हो । यद्यपी दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै दुई गोल गरेपछि थ्रीस्टारले फाईनल सुरक्षित बनाएको थियो ।
safal pokhara cupबुढासुव्बा कपमा हङकङले थ्री स्टारलाई हराएको थिए । बुढासुव्बा कपमा जी लियोमलको गोल मद्दतले थ्री स्टारले हारेको थियो भने अहिले उनकै गोलले हङकङले हारेको छ । पा“चजना अफ्रिकन खेलाडीको भरमा सेमिफाईनलसम्म पुगेको हङकङ टोलीले थ्रीस्टारलाई कडा चुनौति तेर्साएको थियो । सरोज दाहालले भिक्टोरलाई लडाएपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै हङकङले अग्रता लिदा“ दर्शक दोस्रो हाफको मध्यसमयपछि मात्रै उर्जाशिल देखिए । छैटो मिनेटमा भिक्टोरले पेनाल्टीलाई उपयोग गरेका थिए । थ्रीस्टारले ५८ औं मिनेटमा म्यान अफ दि म्याच प्रकाश बुढाथोकीले गोल गरेपछि खेलमा फर्किएको थियो । प्रकाश लामाको पासलाई बुढाथोकीले सेकेण्डमा गोल गरेका थिए । ‘मिडफिल्ड खेलन सकेन् । स्ट्राईकरलाइर्ए बल सप्लाई हुन सकेन् । गोल खाएपछि दवावमा आए खेल्न सकेनन् ।’

हङकङका प्रशिक्षक राजीव हिराचनले भने—‘अर्को पटक आउ“दा अझ उत्कृष्ठ टोली पोखरा ल्याउने प्रतिबद्धता गरे ।’ थ्रीस्टारले पहिलो हाफमा चार अवसर खेर फाल्यो । बनेका चार मुभलाई थ्रीस्टारका भरपर्दा स्ट्राईकर सन्तोष साउखलले पहिलो मिनेटमै डिबक्समा पाएको अवसरलाई चुकाए । फिनिसिङ गर्नुपर्ने बललाई उनले बढी क्यारी गर्दा डिफेन्सले क्लियर गरिदिएका थिए । सविन्द्र श्रेष्ठले ६९ औं मिनेटले क्रस गरेको बललाई जी लियोमले गोल गरेपछि दर्शकको उत्साह बढ्यो । लियोमले फष्टबारमा ‘टाईट एंगल’मा गोल गरेका थिए । त्यो भन्दा अघि ६१ औ मिनेटमा सन्तोष साउखलले उस्तै अवसर गुमाए । सविन्द्रले दिएको पासलाई डिफेन्सलाई विट गरेपनि प्रहार गर्न ढिलाईले अग्रता लिने अवसर गुमाउन पुग्यो ।

हङकङले दोस्रो हाफमा दुई अवसर मात्रै पाएको थियो । भिक्टोरले डिफेन्सलाई विट गर्दै हानेको बललाई नेपाली राष्ट्रिय गोलकिपर किरण चेम्जोङले बचाउ गरेका थिए । ट्याकल गर्नुको गल्ती पेनाल्टीको सामना गर्यौं । त्यही गोलले प्रेसर भयो । तर दोस्रो हाफमा मेहेनत गरेको प्रतिफल पायौं ।’ थ्रीस्टारका प्रशिक्षक अन्जन केसीले भने । शनिबार तीन लाख ५५ हजार पुरस्कार राशीको उपाधिका लागी मनाङ मस्याङदी र थ्री स्टार विच हुने छ ।

कमेन्टहरु
Loading...