दाहालले भने एमाओवादीलाई अवरोध गर्ने काम काग्रेस एमालेको

सागर राज तिमिल्सिना
पोखरा, १४ कास्की /एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकोमल दाहाल प्रचण्डले एमाओवादीको चुनावी कार्यक्रममा काग्रेस एमालेले नै अवरोध गरेको आरोप लगाएका छन् । पर्वत, बागलुङ र म्याग्दीमा चुनावी सभाका लागी पोखरा आएका दाहालले पोखराका एमोवादीका अगुवा कार्यक्रताहरु सगँ कुराकानी गदै त्यस्तो बताएका हुन् । parchanda
एमाओवादीको चुनावी सभा हुने ठाउँमा मात्रै अवरोध हुनुले बन्द र अवरोध गर्न काग्रेस एमालेले नै लागेको उनको आरोप थियो । उनले आफु जहा जहा जादा पनि बन्द र अवरोध हुनुमा काग्रेस एमालेले कै हात रहेको बताए । अध्यक्ष दाहालले हेली कम्टर प्रयोगमा चुनावी आचार सहिता नमिचेको बताएका छन् । उनले निवार्चन आयोगबाटै अनुमति लिएर हेलीकम्टरको प्रयोग गरेको बताए । उनले पार्टीले नै राष्ट्रय नेताका रुपमा अगाडी सारेका कारण आफु विरुद्ध सडेन्त्र हुन थालेको बताए ।
उनले एमाओवादीका कार्यकर्ताहरुलाई भौतीक रुपमा नत्रिन समेत आग्रह गरेका छन् । उनले चुनावमा नै भागलीएका पार्टि सगँ आक्रमणमा उनु भन्दा निवार्चन आयोगमा जानकारी दिन कार्यकर्तालाई निर्देशन दिए । एमाओवादीका कार्यकर्र्ताले चुनावी आचार सहिताको पालन गर्न उनको निर्देशन थियो । उनले आज नै जन्मस्थल कास्कीको ढिकुरपोखरीमा समेत सम्बोधन गरि पर्वत गएका छन् ।

कमेन्टहरु
Loading...