पोखराको नबिल बैँकका गार्डलाई कोरोना संक्रमण

पोखरा\पोखरामा बुधबार  देखिएका संक्रमित पोखराको सभागृहमा रहेको नबिल बैँकका सेक्युरिटी गार्ड थिए । उनको रिपोर्ट आउँदाको केहि समय अगाडीसम्म ड्युटीमा आईरहेको पोखरा महानगर स्वास्थ्य शाखाका हरिराल आचार्यले बताए ।
आचार्यका अनुसार उनी स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पतालमा गएका थिए । अस्पतालले कोरोना लक्षण देखेर स्बाब परिक्षणका लागि पठाएको थियो । अहिले उनको रिपोर्ट आएपछि उनी आइसोलेसनमा रहेका छन् ।
उनको रिपोर्ट पोजेटीभ आएसँगै उनको कन्ट्याक ट्रेसिङको काम थालिएको आचार्यले बताए ।

कमेन्टहरु
Loading...