युरिया मल भित्रन सुरु, १ हप्ताभित्र वितरण सहज हुने

काठमाडौं । सरकारले धानका लागि आवश्यक पर्ने रासायनिक मल युरिया नेपाल भित्रन सुरु भएको छ । साल्ट ट्रेडिङ लिमिडेटमार्फत युएइबाट ३२ हजार ५ सय मेट्रिक टन युरिया भारतको कलकत्ता हुँदै मल ल्याउन थालिएको हो । कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिएका छन् ।

अहिले मल युएइबाट ल्याई भारतको कोलकत्तास्थित बन्दरगाहमा राखिएको छ । सो मललाई कोलकत्ताबाट वीरगञ्ज र विराटनगर हुँदै नेपालमा ल्याउन थालिएको हो । उहाँका अनुसार मंगलबारदेखि नेपालमा मल नेपाल आउन थालेको छ ।

हिजोमात्र ३ हजार मेट्रिकटन मल नेपाल भित्रिएको हो । वीरगञ्जबाट २ हजार ५ सय मेट्रिकटन र विराटनगरबाट ५ सय मेट्रिक टन नेपाल आएको उनले बताएका छन् । उक्त मल प्रदेश नंं १ बाहेक सबै प्रदेशमा वितरण गरिने उनले जानकारी दिएका छन् ।

वीरगञ्जमा रेलमार्फत २७ हजार ५ सय मेट्रिकटन र विराटनगर ट्रकमार्फत ५ हजार मेट्रिकटन मल कोलकत्ताबाट आउँदैछ । ‘१ दिन बिराएर अब भोलिदेखि १ पटकमा २ हजार ५ सय मेट्रिक टन मल नियमति वीरगञ्ज आउनेछ ।’ उनले भने, ‘विराटनगरबाट भने कोलकत्ताबाट ट्रकमा मल आउनेछ ।’ करिब १५ दिनमा नेपालमा ल्याउन थालेको मल सबै आइपुग्छ । उनले मल आउन थालेपछि हप्ता दिनमा मल सबै किसानले सहज पाउने बताएका छन् ।

यसरी आएको मल साल्ट ट्रेडिङ लिमिटेडका डिपोबाट कृषकलाई वितरण हुनेछ । धान रोपाइ गरेपछि २ पटक युरिया मल हाल्ने गरिन्छ । एकपटक धान रोपेको एक महिनापछि र अर्कोपटक बाला निस्कने बेलामा मल हाल्ने गरिन्छ । धान रोप्ने बेला भने पोटास र डिएपी मल हालिन्छ । नेपालमा मल आएसँगै करिब १० लाख कृषकले धानमा मल प्रयोग गर्न पाउनेछन् । कोलकात्ताबाट वीरगञ्जसम्म रेलमा आउने छ र त्यहाँ सुख्खा बन्दरगाहाबाट नेपालका विभिन्न साल्ट टे«डिङका डिपोमा पु¥याइनेछ । रासस

कमेन्टहरु
Loading...