पोखरा\पोखरामा बुधबार थपिएका पोखरा महानगरपालिका वडा १७ का संक्रमित भारतिय सेना रहेको बुझिएको छ ।
वडा नं. १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीका अनुसार उनी केहिदिन अघि पोखरा आएका थिए । घरमा बस्दा परिवारलाई पनि जोखिम बढ्ने भन्दै उनी पोखरा आएदेखि नै होटलमा रुम लिएर बस्दै आएका थिए ।
भारतबाट आएको हुनाले उनको स्वाब परिक्षणका लागि पठाईएको वडा अध्यक्ष अधिकारीले बताए । अधिकारीका अनुसार उनलाई अहिले आइसोलेसनमा वार्डमा लैजाने तयारी भईरहेको छ ।
२०८२ पुष ११ गते शुक्रबार