काठमाडौं । कोरोना संक्रमणको स्थिति सुधारजनक नभएको भन्दै काठमाडौं उपत्यकामा फेरि १ साता निषेधाज्ञाको समय बढाउन सिफारिस गरिएको छ । कोरोनाको जोखिम उत्तिकै रहेको भन्दै निषेधाज्ञा थप १ हप्ताका लागि थप गर्न जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएससी) ले सिफारिस गरेको हो । यस अगाडि १ हप्ताका लागि गरिएको निषेधाज्ञाले कोरोना रोकथामका लागि सहयोग पुगेको निष्कर्ष निकालिएको छ । गएको हप्ता घोषणा भएको निषेधाज्ञा बुधबार १ हप्ता हुँदै छ ।
