प्रचण्ड विहीबार पोखरा आउँदै

पोखरा, १३ कात्तिक /एकीकृत नेकपा (माओवादी)का अध्यक्ष प्रचण्ड विहीबार पोखरा आउँदै छन् । कास्की, पर्वत, बागलुङ र म्याग्दी सहित तमुवान राज्यका विभिन्न जिल्लामा हुने चुनावी जनसभामा सहभागि हुन प्रचण्ड पोखरा आउन लागेका हुन् ।

प्रचण्डको पोखरामा एमाओवादी कास्कीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम गरेहो पार्टीका केन्द्रीय सदस्य झलकपाणि तिवारीले जानकारी दिए । कास्कीको चुनावी सभा भने तिहार पछि गर्ने तयारीमा एमाओवादी कास्की रहेको छ ।

पोखरामा कार्यकर्तालाई सम्बोधन गरेपछि अध्यक्ष प्रचण्डले पर्वतको कुश्मामा हुने एमाओवादीको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । कुश्मा जाने क्रममा उनले क्षेत्र न.४ को ढिकर पोखरीस्थित नाउँडाडामा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसपछि बागलुङ र म्याग्दीको बेनीमा हुने छुट्टाछुट्टै जनसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको तिवारीले बताए ।

कमेन्टहरु
Loading...