आर्मीलाई पन्छाउदै मनाङ मस्र्याङदी सफल पोखरा कपको फाईनलमा (भिडियो सहित)

सागर राज तिमिल्सिना
पोखरा, १३ कार्तिक/लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदीले सफल पोखरा कपको फाइनलमा प्रवेश गरेको छ । नेपाल आर्मीको त्रिभुवन आर्मी क्लबलाई २—१ गोल अन्तरले पन्छाउदै फाइनलमा प्रबेश गरेको हो । पहिलो संस्करणमा उपविजेता बनेको आर्मीलाई पराजित गर्दै मनाङले शाख जोगाउन बैकल्पिक खेलाडीको सहयोग लिनु परेको थियो । रुपेश केसीको स्थानमा मैदान प्रवेश गरेका विशाल राईले तीन मिनेटपछि रिवाउण्डमा गोल गरेपछि मनाङ मस्र्याङदीले उपाधि रक्षाको बाटोमा अग्रसर बनेको हो ।

mmc vs armyअतिरिक्त समयमा धकेलिने सम्भावना बढ्दै गएको अवस्थामा ८८ औं मिनेटमा राईले निर्णायक गोल गरेपछि तीनलाख ५५ हजार पुरस्कार राशीको उपाधिको लागि बिहीबार हुने सेमिफाईनल विजेतासित प्रतिस्पर्धा गर्ने छ । खेलको १३ औं मिनेटमा सागर थापाको क्रस बललाई सदुपयोग गर्दै दिपक राईले हेड गोल गरेपछि मनाङका समर्थक खुशीयाली मनाएका थिए ।

स्ट्राईकर भरत खवासलाई लियोनेल स्टेफेनले लडाएपछि रेफ्री लव खत्रीले आर्मीलाई पेनाल्टीको अवसर दिए । पेनाल्टीलाई राजु तामाङले मनाङका गोलकिपर विशाल श्रेष्ठलाई जिल्याउ“दै ३४ औं मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याई पु¥याए । पहिलो संस्करणमा उपविजेता बन्दै उपाधिविहीन बनेको आर्मीलाई तेस्रो संस्करणमा पनि उपाधि उचाल्ने योजनालाई मनाङले सेमिफाईनलमा रोक्यो ।

‘विभागिय टोलीस“गको प्रतिस्पर्धा जहिले पनि टफ हुन्छ । यस्तो अवस्थामा खेलमा फर्र्किन कठिन हुने गर्छ यद्यपी विशाल राईलाई छिराउनु टोलीको लागि सिद्ध हुन पुग्यो । उनको गोलले फाईनल पुग्यौं ।’ मनाङका प्रशिक्षक हेमन्त आलेले भने—‘केही अवसरलाई गुमाए । स्कोर निकाल्नको लागि खेलाडी बीच समन्वय कमजोरी प्रष्ट देखिएको थियो ।
म्यान अफ दि म्याचबाट भने अफ्रिकन खेलाडी लियोनल स्टेफन भए । ‘डिफेन्समा कमजोरी देखियो । सोचे जस्तो खेल्न सकेन् । भरपर्दो डिफेन्स विवेक पन्त घाईते हुनुले पनि खेल गुमाईयो ।’ आर्मीका प्रशिक्षक योगम्बर सुवालले भने—‘पहिलो गोल मार्किङ नहुदा“ गोल खाएपछि दवावमा आयौं ।’ अर्को सेमिफाईनल नेप्लीज हङकङ एशँेसियसन र थ्रीस्टार बीच प्रतिस्पर्धा हुने छ ।

भिडियो

कमेन्टहरु
Loading...