पिसिआर परिक्षण गरेर लखरलखर हिड्दा कोरोना संक्रमण फैलियो

पोखरा\पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गर्दा बढ्नुको कारण खोजि भईरहेको छ । कोरोना संक्रमण स्थानिय स्तरमा फैलन थालेपछि संक्रमण बृद्धिको कारण खोज्ने कामले तिव्रता पाएको एक चिकित्सकले बताए । उनका अनुसार अहिले समयमा पिसिआर परिक्षण गरेर लखरलखर डुलि हिड्दा कोरोना संक्रमण बढेको हो ।
पिसिआर परिक्षण गरेपछि होम क्वारेन्टीनमा बस्नुपर्ने व्यक्तिहरु बाहिर खुलम खुल्ला हिड्दा कोरोना संक्रमण बढेको विज्ञहरुको जिकिर छ । पिसिआर परिक्षण नतिजा आई पुग्दा पनि केहि संक्रमितहरुको पहिचान गर्न स्वास्थ्य निर्देशनालयलाई हम्मे हम्मे परेको छ । संक्रमितहरुले आफ्नो डिटेल सुचना नै गलत टिपाएको कारण यो समस्या पैदा भएको हो ।
पछिल्लाो समय मात्र स्वास्थ्य मन्त्रालय नै पिसिआर परिक्षण गरेकाहरुलाई अनिबार्य होम क्वारेटीन बस्न आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...