पोखराका ट्याक्सी चालकमा पनि कोरोना संक्रमण

पोखरा \पोखरामा कोरोना संक्रमितको संख्या बढ्दै गर्दा संक्रमणको दायरा पनि फराकीलो हुँदै गएको छ । अस्पतालका स्वास्थ्यकर्मी,कर्मचारी,बैंकका कर्मचारी, सरकारी कार्यालयका कर्मचारी हुँदै अहिले पोखराका एक ट्याक्सी चालकमा पनि कोरोना संक्रमण पुष्टी भएको छ ।
पोखरामा पछिल्लो चरणमा भेटिएका कोरोना संक्रमितहरुको ट्राभल हिष्ट्री नभए पनि पुराना संक्रमितहरुसँगको सम्पर्क भने देखिएको पोखरा महानगर स्वास्थ्य शाखाका कर्मचारीले बताए । पिसिआर परिक्षण गरेर क्वारेन्टीमा बस्नुको सट्टा डुलि हिड्दा पनि संक्रमण बढी फैलिएको बिश्लेषकहरु बताउँछन् ।

कमेन्टहरु
Loading...