पोखरा\कोरोना संक्रमण स्थानिय स्तरमा फैलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पाँच दिनका लागि निषेधाज्ञा गरेको थियो । निषेधाज्ञा सकिने दिनमा नै जिल्ला प्रशासन कार्यालयले थप पाँच दिनका लागि निषेधाज्ञा जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार भदौ १२ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो । कोरोना कहरको समयमा फ्रन्ट लाईनमा बसेर काम गर्नेहरुमाथी कसैले दुब्र्यबार गरेमा कडाभन्दा कडा कारबाहि गर्ने निर्णय गरिएको जिल्ला समन्वय समितिका अध्यक्ष बैन बहादुर क्षेत्रीले बताए ।
क्षेत्रीका अनुसार निषेधाज्ञाको मोडालिटीमा भने परिवर्तन भएको छैन ।
बैठक अगाडी पोखरा महानगरपालिकाले पाँच दिन निषेधाज्ञा थपका लागि जिल्ला प्रशासन कार्यालय कास्कीलाई प्रस्ताब गरेको थियो ।