ठेगाना नखुलेको संक्रमित सेवा हस्पिटलका स्वास्थ्यकर्मी र बिरामी

पोखरा । आइतबार पोखरा महानगरपालिकामा ठेगाना नखुलाइएका संक्रमित सेवा हस्पिटलका स्वास्थ्यकर्मी र बिरामी रहेका छन् । पोखरा महानगरपालिका स्वास्थ्य शाखाका अनुसार ती २ संक्रमितहरु सेवा अस्पतालका स्टाफ नर्स र आइसियुमा उपचाररत बिरामी रहेका छन् ।यस अघि कास्की सेवा अस्पतालमा नै उपचारको क्रममा तनहुँकी एक महिलाको मृत्यु भएको थियो । आइसियुमा उपचाररत ती बिरामी र स्टाफ नर्सलाई पनि अस्पतालबाट नै कोरोना संक्रमण भएको अनुमान गरिएको छ । अस्पतालमा संक्रमित भेटिएपछि हामीले अस्पताल प्रशासनलाई सम्पर्क गर्न खोज्यौँ तर अहिलेसम्म सम्पर्क हुन सकेन ।

कमेन्टहरु
Loading...