पोखराको संक्रमितको ठेगना किन लुकाईयो ?

पोखरा\पोखरामा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै आएको छ । आइतबार पनि पोखरामा दुई संक्रमित थपिएका छन् । तर आइतबार थपिएका संक्रमितको सुचना गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले लुकाएको छ ।
अन्य दिन प्रकाशित हुने सुचनामा संक्रमितको वडा समेत खुलाईएको हुन्थ्यो तर आज संक्रमित भएकाहरुको पोखरा महानगरपालिका मात्र भनेर संक्रमितबारे सुचना लुकाउन खोजेको प्रष्ट हुन्छ । प्रदेश स्वास्थ्य निर्देशनालयलाई सुचना लुकाउन किन आवश्यक भयो भन्ने बिषय भने अहिलेको चासोको बिषय बनेको छ ।
यसबारे बुझ्न स्वास्थ्य निर्देशनायलय गण्डकी प्रदेशका निर्देशक डा. बिनोद विन्दु शर्मालाई पटकपटक सम्पर्क गर्न खोज्दा पनि फोन उठेन ।

कमेन्टहरु
Loading...