पोखरा । काठमाडौंको ओम हस्पिटलमा कोरोना भाइरस संक्रमणबाट १ जना महिलाको ज्यान गएको छ । सर्लाहीको लालबन्दी नगरपालिका ७ बस्दै आएकी महिलाको चाबहिलमा रहेको अस्पतालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको हो । स्थायी घर सिन्धुली भएकी ३३ वर्षीय उनले सर्लाहीमा मःम पसल सञ्चालन गर्थिन् । उक्त ठाउँ मृक्तक महिलाको माइती घएको बताइएको छ । उनको शुक्रबार राति ज्यान गएको हो ।
