निर्वाचन आचार संघीता पूर्ण रुपमा पालना गर्न कास्की दलहरुको प्रतिवद्धता

सागर राज तिमिल्सिना
पोखरा, ११ कार्तिक/निर्वाचन आयोगद्धारा जारी गरिएको निर्वाचन आचार संहीतालाई कास्कीका राजनैतिक दल र उमेदवारहरुले पूर्ण रुपमा पालना गरिने प्रतिवद्धता जनाएका छन् । जिल्ला प्रशासन कार्यालय, ट्रान्सपरेन्सी इन्टरनेशनल र सुशासनका लागि नागरिक समाजले आज पोखरामा आयोजना गरेको आचार संघीता, सुरक्षा सुशासन र भ्रष्टचार नियन्त्रण विषयीक कार्यक्रममा पूर्ण रुपमा पालना गरिने प्रतिवद्धता जनाएका हुन् ।

कार्यक्रममा एमाओवादीका झलकमणी तिवारी, नेपाली काँग्रेसका कार्यभाग सभापति विष्णु बाँस्तोला, एमालेका कार्यभाग सभापति लिलाधर पौडेल र अन्य दलका प्रतिनिधि र उमेदवारहरुलै एकै साथ प्रतिवद्धता जनाएका हुन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी यादव प्रसाद कोइरालाले जिल्लाको सुरक्षित व्यवस्थालाई मजबुत बनाउनको लागि पनि दलहरुको प्रतिवद्धताले सहज बनेको बताए । जिल्लाको सुरक्षा व्यवस्थाका लागि कसैसँग पनि सम्झौता नगर्ने बताए । उनले “प्रचार–प्रचार गर्दा सुरक्षा व्यवस्था र आचार संघीता उल्ङगन नहुने गरी काम गर्न समेत दल र दलका उमेदवारहरुलाई आग्रह गरे । कास्कीको चार वटा निर्वाचन क्षेत्रमा २८ दलका ७० र ७ स्वतन्त्र गरी ७७ जना उमेदवारहरु चुनावी मैदानमा रहेका छन् ।

कमेन्टहरु
Loading...