काँग्रेस एमालेले नेतृत्व गर्न सक्दैनन्–अध्यक्ष राई

मङसिर, २२ पोखरा/संघीय समाज पार्टीका अध्यक्ष अशोक कुमार राईले पुराना दलहरु काँग्रेस र एमालेले देशलाई अग्रगतिको नेतृत्व गर्न नसक्ने बताएका छन् । संघीय समाजबादी पार्टी सम्मेलन आयोजक मुल समितिले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राईले संविधान सभाबाट संविधान निर्माण नगरि भंग गरेर पुराना पार्टीले आफनो अयोग्यतता पुष्टि गरेको बताए ।

नेपाली जनताले संविधान सभाबाट संविधान जारी हुने अपेक्षा गरेपनि पुरा हुन नसकेका कारण पुराना दलहरुको नेतृत्व असफल भयो बताउदै पुराना पार्टीबाट निकास नपाउने निष्कर्ष निकालेर नयाँ शक्तिको उद्य भएको हो । पुराना दलहरुले बर्तमान राजनीतिक संकटको निकास दिन नसक्ने भएकाले आफुहरुले नयाँ पार्टी गठन गरेको दावी गदै आफनो नेतृत्वको संघीय समाजबादी पार्टी जातीय पार्टी नभएको दावी गरे ।

कमेन्टहरु
Loading...