नेपालमा भेटियो सुनौलो कछुवा, भगवानको अवतार मान्दै पूजाआजा

गन्थन डेस्क

नेपालमा सुनौलो रंगको कछुवा भेटिएको छ । धनुषाको धनुषधाममा सुनौलो कछुवा भेटिएसँगै हेर्नेको भीड लागेको छ भने यसलाई भगवानको अवतार मान्दैै पूजा गर्न थालिएको छ ।

हिन्दू धर्मावलम्बीहरुले सुनौलो कछुवालाई भगवान विष्णुको अवतार मानेका छन् ।

मिथिला वाइल्डलाइफ ट्रष्टले यस कछुवालाई भारतमा पाइने फ्लेप प्रजातिसँग तुलना गरेका छन् । वन्यजीव विशेषज्ञ कमल देवकोटाले यसको धार्मिक र साँस्कृतिक महत्व रहेको प्रतिक्रिया दिए ।

स्थानीयका अनुसार भगवान विष्णुले पृथ्वीलाई बचाउन सुनौलो कछुवाको रुप धारण गरेका हुन् । हिन्दू मान्यता अनुसार कछुवाको माथिल्लो भागलाई आकाश र तल्लो भागलाई पृथ्वीकोरुमा लिने गरिन्छ ।

जानकारका अनुसार नेपालमा भेटिएको सुनौलो कछुवा यो नै पहिलो हो । त्यस्तै, विश्वमा सुनौलो रंगको कछुवा ५ वटामात्रै रहेको छ । विशेषज्ञ देवकोटाका अनुसार प्रकृतिमा हुने परिवर्तन र जेनेटिक्सबाट उत्पन्न हुने प्रभावले जीवजन्तुमा पर्ने असरको प्रतिफलले पनि यस्तो हुनसक्छ ।

केही विशेषज्ञहरुले जीन्समा हुने परिवर्तनले पनि जीवजन्तुको रंग पहेलो हुनसक्ने बताएका छन् । जसलाई क्रोमेटिक ल्युसिजम भनिन्छ ।

कमेन्टहरु
Loading...