विष्णु गौतम
हिजो बिहान करिब ११ बजे अनायासै सरिरका रौं ठाडा भएँ, चिरचिर गर्मीको मौसममा पनि खलखल पसिनासँगै शरीर जाडो भए जस्तो, आँखा खुल्लै थिए । तर धमिल दृश्य, सायद जन्म दिने आमाको कसैले गरेको क्रुर हत्या पछि हुने फरक अनुभव । कारण थियो फेसबुकमा देखिएको अकल्पनीय र अपत्यारिलो दृश्य ।
आफ्नै जन्म दिने आमाभन्दा माथि राखेको राष्ट्रिय पहिचानको नेपाली झण्डा कुनै अर्को नेपालीले जलाएको दृश्य यो लेखिरहँदासम्म पनि मैले पत्याएको छैन त्यो दृश्य साँच्चै हो भन्नेमा । हो मंगोल होप अफिसियलको नाममा खुलिएको युट्युबमा अस्ती बेलुकी सवा ४ बजे मात्रै अपलोड भएको भिडियो मैले लेखिरँदा १ लाखबाट साढे २ लाखमा पुग्यो । सँगसँगै भिडियोमा लाइकभन्दा डिसलाइक र कमेन्टमा गालीका वर्षा भइरहेको छ । हुन पनि हो, कुन नेपाली होला र राष्ट्रिय झण्डालाई जलाउँदा रमाउने ? यत्ति लेखिसक्दा मात्रै भिडियोमा ६५ हजार डिसलाइक, १७ सय लाइक र १२ हजार ८ सय कमेन्ट आएका थिए । लगभग सबै कमेन्ट गायकलाई हदैसम्मको गाली गरिएका थिए । आम सञ्चारमाध्यम भएका कारण ती गालीका शब्द सापटी लिन सकिन ।
भिडियो सार्वजनिक भएपछि मंगोल समुदायले नै तीव्र विरोध जनाएका छन् । गीतको भिडियोमा कमेन्ट गर्ने अधिकांश मंगोल समुदायका व्यक्तिले कडाभन्दा कडा कारवाहीको माग समेत गरेका छन् । तिमुरा चाम्लिङले उनलाई भाई भन्दै सम्बोधन गरेर भनेका छन्, ‘ब्रो तिमीले यो गीत रिलिज गरेर जीवनकै सबैभन्दा ठूलो गल्ती ग¥यौ ।’ यस्तै अर्का मंगोल समर्थक तिमोथ्य लामाले आफू मंगोलको सदस्य भएपनि यो गीतको बारेमा पुर्ण असहमत भएको धारणा राखेका छन् ।
यस्तै राप्रपा सांसद राजेन्द्र लिंदेनले ट्वीटरमा लेखेका छन्, ‘जातीय घृणा फैलाउने र राष्ट्रिय झण्डा जलाउने कार्य कुनै पनि अर्थमा र कदापी स्वीकार्य हुँदैन, यस प्रकारको विष वृक्ष उमार्ने र मलजल गर्ने काम कसैले नगरौं ।’ ट्वीटरमै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा लेख्छन्, ‘देशको झण्डा, नक्सा या अन्य कुनै पनि प्रतीक चिन्ह जलाउनेलाई के गर्ने भनेर कुनै छलफल र बहसको आवश्यकतै हुन्न । तत्काल खोजी गर्ने, गिरफ्तार गर्ने र कानुनमा व्यवस्था भए बमोजिम कडा कारवाही गर्ने हो । नेपालको पहिचान र नेपालीको संवेदनशीलता माथिको प्रहार जोबाट होस्, त्यो कहिल्यै क्षम्य हुन्न ।’
भिडियोको सुरुआतमा मंगोल नेसनल अर्गनाइजेसन संस्थापक गोपाल गुरुङको भाषण राखिएको छ । जहाँ ब्राम्हण क्षेत्रीलाई लखेट्नुपर्छ भन्ने शब्द प्रयोग गरिएको छ । त्यसपछि सामान्य भट्टीमा भएका मंगोल पात्रले २ जना ब्राम्हण पात्रलाई रक्सीको बोतलले हानेर मारेपछि सुरु हुन्छ भिडियो । त्यसपछि मंगोल पात्र मंगोल ग्याजलीको आवाजमा आउँछ एउटा देशद्राहीले समाज, राष्ट्र, देश अनि सिंगो विश्वलाई नै सर्वनास गर्छ, इट्स मी, ‘मंगोल ग्याल्जी ली’ अनि लगाइन्छ आगो नेपाली झण्डामा । गीतमा खस भाषाको उत्पति हुँदै सन् १४९५ देखि अहिलेका प्रधानमन्त्री केपी शर्मा वलीसम्मलाई हदैसम्मको गाली गर्दै उनीहरुको तस्बिर जलाइएको छ ।
नेपालको संविधानमा मुलुकी अपराध संहिता २०७४ अनुसार राष्ट्रियगान वा राष्ट्रिय झण्डाको अपमान गरेमा ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुवै हुन सक्ने कानुनी प्रावधान छ । गीतको गायक ग्याल्जेन दोर्जे तामाङ सहित सबै जना पक्राउ परिसकेका छन् । पक्राउ परिसकेपछि अबका समयमा कारवाही पनि होला । तर पनि यस्ता विखण्डन सोच र अपराधिक मानसिकतालाई निरुत्साहित गर्न फरक खालको व्यवस्थाको जरुरी देखिंदै आएको छ । केही अपराध ग¥यो कानुुनी कारवाही भोग्यो अनि निस्कँदा झन् उग्र अपराधी मानसिकता बोकेर सडकमा घुम्ने परिपाठीलाई निरुत्साहित गर्नु पर्ने छ ।
हिप्पी कल्चरसँगै नेपाल भित्रिएको ¥याप संगीत आफैंमा नराम्रो होइन । पश्चिमाले सन् १९७० को दशकमा स्ट्रिट कविताबाट भएको पाइन्छ । ¥याप म्युजिक सुरुआतमा काला जातिले सेता जातिको विरोध र अपमानबाट आजित भएर संगीतको माध्यमबाट आफ्ना पीडा पोख्न अलि अलि बुझ्ने र अलि–अलि नबुफिने शैलीमा अमेरिकाका स्ट्रिटमा गाउने प्रचलन हो । पछि यसले युवापुस्तामा राम्रो छाप पा¥यो । अनि सन् १९८० को दशकको हिप्पी कल्चरसँगै नेपाल भित्रिएको हो । पहिलो ¥यापर जमैकन आप्रवासी कुल हर्कलाई मानिन्छ । नेपालमा भेटिएका पछिल्ला ¥यापरको अवस्था यस्तो छ ।
आफ्नै आमालाई नांगो पारेर भाइरल भएका छन् अनागरिक गायक तथा ¥यापर मंगोल ग्याज ली एण्ड एटिएम टिम । आफ्नै घरलाई खरानी पारेर त्यसभित्र रहेका कागजी प्रमाण भेटिँदैनन् त्यसैले नेपाल रहेमात्रै हामी रहन्छौं अनि खोज्ने हो आफ्नो पहिचान । आफ्नै पहिचान मेट्न खोनेहरु देशद्रोही हुन् । उनीहरुलाई कुनै पनि खालको कारवाहीका लायक हुँदैन सिवाय सार्वजनिक फाँसी ।