सुनको भाउमा गिरावट, आज प्रतितोला १६ सयले घट्यो

पोखरा । बिहीबार सुनको भाउमा केही गिरावट आएको छ । मंगलबार र बुधबार १ लाख ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको १६ सय रुपैयाँले घटेर ९८ हजार ८ सय रुपैयाँ तय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो । यस्तै चाँदीमा पनि २० रुपैयाँ घटेको छ । महासंघले दिएको जानकारी अनुसार आज चाँदीको भाउ १ हजार ३ सय ६० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी १ हजार ३ सय ८० मा कारोबार भएको थियो ।

कमेन्टहरु
Loading...