यो वर्ष बागमारा युवा संगमको तीज महोत्सव स्थगित

पोखरा । कोरोनाको बढ्दो संक्रमणलाई लक्षित गरी पोखरा महानगरपालिका ३३ भरतपोखरीमा कृयाशिल बागमारा युवा संगम समूहले विगतदेखि गर्दै आएको तिज महोत्सव यस वर्ष नगर्ने भएको छ ।

कोरोना संक्रमण समूदायस्तरमा फैलिंदै गएको अवस्थालाई दृष्टिगत गर्दै २०७२ साल यता निरन्तर सञ्चालित तिज महोत्सवलाई स्थगित गर्दै स्वास्थ्य सचेतना सहित स्वास्थ्य सुरक्षा समाग्री वितरण र सरसफाईलाई बढाइएको समूहका अध्यक्ष महेश अर्यालले जानकारी दिए । यस अघि तीज महोत्सवका अवसरमा तीज गीत प्रतियोगिता सहित खुल्ला भलिबल प्रतियोगिता लगायतका कार्यक्रम सञ्चालन गरिदै आएको थियो ।

उनका अनुसार समूहले यस अघि कोरोना संक्रमणको रोकथाम र नियन्त्रणमा सहयोग पु¥याउन बन्दाबन्दी सुरु भए पछि बागमारा हुँदै आवतजावत गर्ने सवारी साधनलाई पोखरा – ३३ पानी ट्याङ्कीमा रोकेर यात्रा विवरण अद्यावधिक गर्ने एवं सुरक्षा निकायलाई बुझाउने जस्ता काम गरेको थियो । बन्दाबन्दी सुरु भए पछि बागमारा हुँदै पैदल विभिन्न स्थानमा जान लागेका व्यक्तिलाई समूहका सदस्यले उद्धार समेत गरेका थिए । कोरोना संक्रमणबाट समूदायलाई जोगाउनका लागि मास्क, सेनिटाइजर, पन्जा जस्ता सुरक्षा समाग्री वितरण गरिएको बताउँदै अध्यक्ष अर्यालले यस वर्ष तीज महोत्सव स्थगित गर्दै यसको विकल्पमा स्वास्थ्य सचेतना र सरसफाईलाई निरन्तरता दिइएको बताए ।

कमेन्टहरु
Loading...