आयोजक पोखरा टाईब्रेकरको शिकार (भिडियो सहित)

सागर राज तिमिल्सिना
पोखरा, ११ कार्तिक/लक्ष्मी बैंक थ्रीस्टारले टाईब्रेकरको सहयोगमा आयोजक पोखरा ११ लाई ४—३ गोल अन्तरले पराजित गर्दै सेमिफाईनल सुरिक्ष्ँित बनाउदा“ घरेलु दर्शक निराश हुदैं पोखरा रंगशालाबाट बाहिरिए । राष्ट्रिय खेलाडीहरुले भरिपूर्ण थ्रीस्टारलाई आयोजकले निर्धारित र अतिरिक्त गरी दुई घण्टा रोके । तर टाईब्रकेरमा दुई पेनाल्टी आकासिएपछि पराजय निश्चित हुन पुग्यो । कुमार गुरुङ र सुनिल विकको प्रहार पोष्ट भन्दा माथिबाट बाहिरिएपछि घरेलु टोली घरेलु दर्शकको समर्थनमा निराश भयो । पानी परेर चिप्लिएको मैदानमा घरेलु दर्शकले अन्त्यसम्म साथ दिएपछि नतिजा भने थ्रीस्टारको पक्षमा गयो । 

भुपाल गुरुङ, ओलच्की ईब्राहिम र असिमजंग कार्कीको प्रहार मात्रै सदुपयोग भएको थियो । थ्रीस्टारका लागि सविन्द्र श्रेष्ठ, विक्रम लामा, सन्तोष साउखल र म्यान अफ दि म्याच जीकोही हेयमको प्रहार गोलमा परिणत भएपछि नजिता ४—३ ले आफनो पक्षमा पार्न सफल बन्यो । विराज महर्जनको प्रहार चुक्दा आयोजक पोखरा ११ उत्साहित बनेपनि दोहोरो प्रहार खेर गएपछि नजिता सुम्पिनु बाहेक अर्को विकल्प रहेन् ।
पहिलो हाफमा दुवैले खासै गोलको लागि पोष्ट आक्रमणको रणनीति बुन्न सकेनन् । दोस्रो हाफ शुरु भएको आठ सेकेण्डमा हेयमको गोलमा थ्रीस्टारले अग्रता लिदा“ आयोजक पोखरा ११ ले झरीले रुझेको मैदानमा कार्कीले ७१ औं मिनेटमा बराबरी गोल गरे ।

निकै प्रतिस्पर्धा खेलमा आयोजक पोखराले दोस्रो हाफमा निकै दवाव दिएपनि गोलको अवसर भने सृजना गर्न सकेनन् । ‘खेलाडीले सोचे भन्दा राम्रो खेले । पेनाल्टीमा मोरल डाउन भए आत्तिए ।’ पोखरा ११ का प्रशिक्षक राजेन्द्र तामाङले भने ‘पहिलो गोल खानुले पनि खेलाडीमा तनाब सृजना गर्यो ।’ दोस्रो हाफ शुरु भए लगत्तै गोलको सामना गर्दा आयोजकका खेलाडीलाई मेलोमेसो पाउन सकेनन् । मैदानमा खेलाडीहरु सतर्क बन्न नसक्दा गोलको सामना गर्दै अपरिपक्कता देखाए ।

राष्ट्रिय खेलाडीको जमातलाई नियन्त्रणमा राख्ने प्रयासमा जुटेको पोखराले केही समय किरण चेम्जोङलाई व्यस्त बनाए । विवेक गुरुङले हानेको बल सरोज दाहालको खुट्टामा लागेर आउट भएको थियो । थ्रीस्टारले पनि प्रकाश बुढाथोकीको प्रहार पन्च सेभ गरे भने सन्तोष साउखलको प्रहार पनि खेर गएको थियो । ‘तयारी राम्रो थिएन् । पछिल्लो ३० मिनेट मात्रै खेले । २० प्रतिशत पनि खेल खेलेनन् । थ्रीस्टारका प्रशिक्षक अन्जन केसीले भने—‘ अर्को खेल सुधार हुन्छ । डिफेन्सको तालमेल नहुदा“ गोल हुन पुग्यो । त्यो अवस्था अर्को खेलमा दोहोरिन्न ।’ मंगलबारको खेल नेप्लीज हङकङ टोलीले भुटानको क्लबसित प्रतिस्पर्धा गर्ने छ ।

भिडियो

 

कमेन्टहरु
Loading...