फोक्सोको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

पोखरा, २२ मंसिर/ लायन्स क्लब अफ पोखरा समर्पण, राष्ट्रिय अर्वुद रोग निवारण संस्था, कास्की र एड्भान्स पोलि क्लिनिकको संयुक्त आयोजनामा आज फोक्सोको क्यान्सर सम्बन्धी सचेतना एवं निशुल्क एक्सरे सेवा सम्पन्न भएको छ । कार्यक्रममा फोक्सोको क्यान्सर हुने तरीका, निवराणको उपाय लगायत फोक्सोको क्यान्सरको विषयमा जानकारी दिईएको थियो ।

एड्भान्स पोलि क्लिनिकका निर्देशक डा. डेनिस श्रेष्ठले धुम्रपानले नै विशेष गरेर फोक्सोमा क्यान्सर हुने बताए । उनले ९० प्रतिशत क्यान्सरका रोगिहरु धुम्रपान र १० प्रतिशत मानीसलाई धुम्रपान गरेकाको आसपास र अन्य विविध कारणले लाग्ने गरेको बताए । उनले २१ औँ शताब्दी भनेर जति कुरा गर्दै हिडेपनि जनचेतनाको कमिले गर्दा अधिकांशको अकालमा ज्यान गएको बताए । कार्यक्रममा नेपाल अर्वुद रोग निवारण संस्था कास्कीका अध्यक्ष दिनेश शंकर पालिखेले क्यान्सर रोग नेपालमा बढ्दो अबस्थामा रहेको बताउदै यस्ता खालका कार्यक्रमले जनचेतना र रोगिको संख्या घटाउन टेवा पुग्ने विस्वास व्यक्त गरे ।

पालिखेले नेपालमा स्वास्थ्य क्षेत्रमा विभिन्न समस्या रहेकोले समस्याको समाधान गर्नु पर्नेमा पनि जोड दिए । उनले भरतपुर क्यान्सर अस्पताल जस्ता अस्पतालको खाँचो रहेको आवश्यकता औल्याए । कार्यक्रममा करीब १ सय २५ जना विरामीले सेवा लिएका थिए । उक्त सेवा यो महिना अर्था डीसेम्बर भरी जारी रहने छ । कार्यक्रम लायन्स क्लब अफ पोखरा समर्पणका अध्यक्ष लायन उर्मिला श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो भने कार्यक्रमको संचालन लायन आभा जोशिले गरेका थिए ।

विभिन्न स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्य संस्थाको सहयोगमा लायन्स क्लब अफ पोखरा समर्पणले हरेक महिना कुनै एउटा रोगको बारेमा सचेतना कार्यक्रम र निशुल्क स्वास्थ्य परिक्षण गराउदै आएको छ । यो महिनामा फोक्सो क्यान्सरको निशुल्क परामर्श र एक्सरे सेवा संचालन गरेको क्लबले अघिल्लो महिना पाठेघर सम्बन्धी र आगामी महिना मृगौला (किड्नी)को निशुल्क परिक्षण र सचेतना कार्यक्रम गर्ने जनाएको छ ।

कमेन्टहरु
Loading...