एलिजा डान्स एण्ड सिङ्गीङ स्टारको उपाधी सुनार र पौडेललाई

पोखरा, १० कात्तिक। एलिजा फिल्मस् नेपालद्धार सञ्चालित पोखरा नाच घरको आयोजना पोखरामा भएको खुल्ला एलिजा डान्स एण्ड सिङ्गीङ स्टार २०७० मा डान्स स्टार मेलिना सुनार र सिङ्गीङ स्टार गौरव घिमिरे बनेका छन् । पोखरा सभागृहमा शनिबार भएको प्रतियोगितामा डान्स तर्फ पाँच जनालाई पछि पार्दै सुनार र सिंङ्गीङ तर्फ पाँच जनालाई पछि पार्दै घिमिरे एलिजा स्टारको हात पार्न सफल भएका हुन् । उनिहरुले ५१ हजार नगद र ट्रफि पाएका छन् ।
त्यसैगरि डान्स तर्फ फस्टरनअफ वनेकी दिपाली वर्देवा र सिङ्गीङ तर्फ फस्टरनरअफ बनेकी पूजा थापाले १५ हजार र ट्रफी हात पारे । उक्त प्रतियोगितामा डान्स तर्फ जस्मीन रानाले वेष्ट डिसिपिलि· अवार्ड, सिम्रन गुरुङले पव्लिक च्वाईस अवार्ड, प्रकृति थापाले लिटिल स्टार अवार्ड, शान्ति डंगोलले भर्सट्रयाल्स अवार्ड हात पारे भने सिङ्गीङ तर्फ शक्तिकुमार श्रेष्ठ पव्लिक च्वाईस अवार्ड, सन्तोष वस्यालले वेस भोकल अवार्ड, अनिल विकले भर्सट्रयाल्स अवार्ड र अर्जूनकुमार थापाले वेष्ट डिसिपिलि· अवार्ड हात पारेका थिए ।

एलिजा डान्स तथा सिङ्गीङ स्टारलाई डा.चेत गुरुङ र एलिजा फिल्मस् प्रालिका प्रवन्ध निर्देशक जिवन सुनारले नगद र ट्रफी वितरण गरेका थिए । त्यसैगरि सिङ्गिङ तर्फ टप सिक्समा पर्नेहरुको कलेक्सन एल्वम समेत निकाल्ने आयोजकले जनाएको छ ।पोखराको सभागुह हलमा हुने उक्त फाईनलमा राष्ट्रिय तथा स्थानिय कालाकारको प्रस्तुती सगै साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । उक्त कार्यक्रममा डमर नेपाली, आनन्दराज वज्राचार्य, कमल खत्री र योगकाजीले आ–आफ्नो प्रस्तुती राखेका थिए ।

कार्यक्रमममा पोखरा उपमहानगर पालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले प्रतियोगिताले प्रतिभाको प्रस्फुटन गर्ने काम गरेको बताए ।प्रतियोगितामा कास्की सगै छिमिकी जिल्लाहरुबाट पनि सहभागिता जनाएका थिए । एलिजा फिल्मस् प्रालिका प्रवन्ध निर्देशक जिवन सुनारको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा संघ सस्था समन्वय उपसमितिका संयोजक सूर्य सिकारुले स्वागत र सञ्चारकर्मी संयोग वस्याल तथा विनिता भुजेलले कार्यक्रम सञ्चालत गरेका थिए ।

कमेन्टहरु
Loading...