मोदीको कार्यक्रममा श्रृङ्खलाबद्ध विस्फोट

५ जनाको मृत्यु, दर्जनौँ घाईते
काठमाडौं, १० कात्तिक भारतको पटनामा भारतीय जनता पार्टीका नरेन्द्र मोदीको चुनावी र्याली हुनु भन्दा पहिले श्रृङ्खलाबद्ध बम विस्फोट भएको छ । विस्फोट मोदीको र्याली स्थल गान्धी मैदान र त्यसको आसपासमा भएको छ । पटना  रेल स्टेशनमा भएको विस्फोटमा ५ जनाको मृत्यु भएको छ भने ६० जनाभन्दा बढी घाइते भएका गृह मन्त्रालयले पुष्टि गरेको छ । modi ko karkim

प्रहरीले बम विस्फोटको आरोपमा एक जनालाई प्रक्राउ गरि सोधपुछ जारी राखेको भारतीय सन्चार माधयमहरुले जनाएका छन् । राज्यका मुख्यमन्त्री नीतीश कुमारले यो घटनाको बारेमा जानकारी नभएको भन्दै सुरक्षाको लागि एनआईएले आफ्नो सात सदस्यीय टोली पटना पठाएको छ । त्यस्तै दिल्लीबाट एनएसजीले पनि अर्को टोली पटना पठाएको छ ।
यसैबिच मुख्यमन्त्री नितेश कुमारले आपतकालीन बैठक राखि बरिष्ठ अधिकारीहरुसँग सुरक्षा र कानुन व्यवस्थाका बारेमा समीक्षा गरेका छन् । मोदी भारतको आगामि प्रधानमन्त्रीको लागी उम्मेदवारी प्रस्तुत गरेका नेता हुन् । एजेन्सी सहयोग तस्वीर ः विविसि हिन्दी

कमेन्टहरु
Loading...