गन्थन डेस्क
पोखराको नमस्ते अस्पतालमा उपचाररत एक व्यक्तिमा कोरोना पुष्टि भएपछी अस्पतालका इमरजेन्सी बाहेकका सेवा बन्द गरिएको छ ।
हस्पिटलमा उपचाररत पोखरा (३२ भरतपोखरी की ८६ वृद्ध महिलामा आइतबार बिहान कोरोना पुष्टि भएसँगै इमरजेन्सी बाहेकका सेवा बन्द गरिएको अस्पतालका प्रवन्ध निर्देशक डाक्टर केशव शर्माले जानकारी दिए ।
शर्माका अनुसार बिहीबार राति ज्वरो र पखला लागेर अस्पताल आएकी महिलालाई इमरजेन्सीमा उपचार गराइ पठाइएको थियो । उनले भने, ‘शुक्रबार पुनः उहाँ निको नभएपछि आउनुभयो, शुक्रबार ज्वरो र पखाला दुबै आएकाले अस्पतालमा भर्ना गर्यौ ।’
ज्वरो पनि देखिएपछि उनको स्वाब संकलन गरेर अस्पतालले पिसिआर टेस्ट गर्न पठाएको शर्माले बताए । शनिबार पठाइएको स्वाब परिरक्षणपछि आइतबार बिहान उनमा कोरोना पुष्टि भएको हो । उनलाई उपचारको लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल लगेको शर्माले जानकारी दिए ।
शर्माले महिलाको उपचारमा प्रत्यक्ष संलग्न ३ चिकित्सकलाई विशेष ध्यानमा राखेको तथा स्वास्थ्यकर्मीलाइ होम क्वारेन्टिनमा राखिएको बताए । महिलासंग सिधै सम्पर्कमा नआएपनी अस्पतालले २० जनाको पिसिआर परिक्षणका लागि स्वाब पठाएको छ । यतिबेला अस्पतालले अन्य सेवाका कर्मचारीलाई पनि इमरजेन्सी सेवामा ल्याएर अस्पताल संचालन गरिरहेको छ ।