पोखरा १६ का संक्रमितको श्रीमती र घरवेटीका छोराछोरीलाई पनि कोरोना संक्रमण

पोखरा /पोखरामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । आईतबार पोखरा १६ मा थपिएका चार संक्रमित मध्ये एक जना यस भन्दा अगाडी संक्रमित भएका व्रिटिस क्याम्पका कर्मचारीका श्रीमती र उनी बस्ने घरका घरवेटीका छोराछोरी भएको वडा अध्यक्ष जीवन आचार्यले बताए । वडा अध्यक्ष आचार्यका अनुसार ति घरवेटीको किराना पसल रहेको छ । आईतवार घरवेटीको छोराछोरीमा संक्रमण भेटिए लगत्तै उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको खोजि भईरहेको आचार्यले बताए । छोरोछोरीको रिपोर्ट पाजेटिभ आएपनि घरवेटीको रिपोर्ट भने नेगेटिभ आएको छ ।
पोखरा १६ कै अर्का संक्रमित भने दुबइबाट आएर होम क्वारेन्टीनमा बस्दै आएका थिए । पोखरा ५ मा देखिएको संक्रमितको भने को हुन भनेर अहिलेसम्म पत्ता लगाउन नसकिएको बुझिएको छ ।

कमेन्टहरु
Loading...