एलजी एशोसिएसनलाई चौथो सिम्पानी कपको उपाधी

कार्तिक ९,पोखरा/एलजी एशोसिएसनले चौथो सिम्पानी कप खुल्ला सेभेन ए साइड फुटवल प्रतियोगिताको उपाधी जितेको छ । शनिवार सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा डिफेण्डिङ्ग च्याम्पियन दिप युनाइटेड ए लाई टाई ब्रेकरमा ३–२ गोलले पराजित गर्दै एलजीले उपाधीमा आफ्नों नाम लेखाएको हो । टाई ब्रेकरमा एलजीका प्रदिप गुरुङ्ग, विश्व गुरुङ्ग र विधान कार्कीले गोल गरे भने दिप युनाइटेडका सन्तोष तामाङ्ग र बुद्ध लामाको प्रहार गोलमा परिणत भएको थियो ।

त्रिशक्ति समाज सेवा क्लवको आयोजनामा पोखरा –१,कसेरीमा सम्पन्न प्रतियोगिता अन्तर्गत एलजीले पहिलो हाफमा दुई गोलको अग्रता लिएको थियो । विष्णु गुरुङ्गले ४ र २७ मिनेटमा गोल गरेका थिए । तर दोश्रो हाफमा खेलमा फर्किएको दिप युनाइटेडले पराजय टाल्न भने सकेन । दिपको तर्फबाट दोश्रो हाफको ३१ औ मिनेटमा क्याप्टेन सन्तोष तामाङ्गले तथा ४१ औ मिनेटमा जगजित श्रेष्ठले गोल गरेका थिए ।

जित संगै एलजीले नगद १ लाख सहित शिल्ड मेडल प्रमाणपत्र तथा उवविजेता दिप युनाइटेडले नगद ५० हजार सहित शिल्ड मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गरे । प्रतियोगितामा दिप युनाइटेडका सन्तोष तामाङ्ग सर्वोत्कृष्ट खेलाडी भए भने प्रतियोगिता अवधिभर पाँच गोल गरेका बि–१३, बाँझापाटनका उत्तम गुरुङ्ग सर्वाधिक गोलकर्ता भए । उनीहरु दुवैले दश दश हजार रुपैयाँ सहित कप पुरस्कार प्राप्त गरे । त्यस्तै , विष्णुपादुका हेम्जा अनुशासित टोलि हुँदै नगद ५ हजार सहित कप पुरस्कार प्राप्त ग¥यो ।

कार्यक्रमकासमाजसेवि पूर्णबहादुर गुरुङ्गले विजेता टोलीलाई पुरस्कार प्रदान गरे । सोही समारोहमा फुटवल खेलको विकासमा उल्लेख्य योगदान पु¥याएका पूर्व खेलाडीहरु स्व.सगुन घले, राजेश घले, सुरेश थापा, अमित गुरुङ्ग, प्रकाश गुरुङ्ग, श्याम गुरुङ्ग,कृष्ण गुरुङ्ग, प्रकाश गुरुङ्ग, तिलक गुरुङ्ग र राजकुमार गुरुङ्गलाई सम्मानपत्र सहित मायाको चिनो प्रदान गरिएको थियो । त्यसैगरि रेफ्रि सुसिल केसी, दिपेन्द्र कार्की र सन्तोष गुरुङ्गलाई मायाको चिनो र ज्याकेट प्रदान गरिएको थियो । क्लव अध्यक्ष राजेश गुरुङ्गको सभापतित्वमा सम्पन्न समारोहमा उपाध्यक्ष लक्ष्मण बानियाँले स्वागत तथा सह–सचिव सोमबहादुर तामाङ्गले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...