पोखरा/शनिवार मात्र नेपालमा थप ४६८ जना कोरोना संक्रमित भएका छन् । नेपालमा कोरोनाको कारण मर्नेको संख्या करिव ३ प्रतिशत छ । अहिलेको अवस्थामा नेपालभर करिब १४ हजार व्यक्तिहरु क्वारेन्टीनमा बस्दै आएका छन् ।
बिगत केहि दिनको तुलनामा आज कोरोना संक्रमितको संख्या तुलनात्मक रुपमा कम भएको छ ।
शनिवार कोरोनाको कारण तीन जनाले ज्यान गुमाएका छन् । उनीहरुसँगै मृतकको संख्या १०२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।