गन्थन डेस्क
पोखरामा आज बिहानै ३ संक्रमित थपिएका छन् ।
थपिएका संक्रमितहरु पोखरा महानगरपालिका ५ र ८ वडाबाट रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । जसमध्ये २ पुरुष र १ महिला रहेका छन् ।
त्यस्तै, तनहुँ र बागलुङमा २–२ जना संक्रमित भेटिएका छन् भने गोरखा, स्याङजा र नवलपरासीमा १–१ जना भेटिएको निर्देशनालयको विज्ञप्तीमा उल्लेख छ ।
संक्रमितहरुलाई जिल्लास्थित आइसोलेशन कक्षमा लैजाने तयारी भइरहेको छ ।
