कन्या क्याम्पस २२ औ वर्षमा

पोखरा, २२ मंसिर/पोखराको एकमात्र छात्राहरु सन्चान भएको कन्या क्याम्पसले २२ औ वर्षमा प्रबेश गरेको छ । क्याम्पसले आफ्नो २२ औ वार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरी मनाएको छ । वार्षिकोत्सव कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका ब्यवस्थापन संकायका डनि प्राध्यापक डाक्टर देवराज अधिकारीले पश्चिमाञ्चल क्षेत्रमा छात्राहरुलाइ मात्र अध्ययन गराएर पोखराको कन्या क्याम्पसले आफ्नो छुट्टै इतिहास रचेको वताए ।

आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिन उनले आग्रह गरे । वार्षिकोत्सव कार्यक्रममा विभिन्न १० विद्यामा छात्रबृत्ति वितरण गरिएको थियोभने विभिन्न मनोरञ्जनात्क कार्यक्रमहरु गरिएको क्याम्पस व्यवस्थापन समितिका सदस्य योगेन्द्र प्रधानाङ्गले जानकारी दिए ।

कमेन्टहरु
Loading...