संघीय समाजवादी कास्कीको चुनावी गतिवीधि

पोखरा, ८ कात्तिक /दोश्रो संविधानसभाको निर्वाचनको मिति नजिकीदै गर्दा राजनीतिक दल र उमेदवारहरुले चुनावी गतिवीधिलाई तिव्रता दिएको छ । बैकल्पिक राजनीतिक शक्ति निर्माण गर्न स्थापित संघीय समाजवादी पार्टी कास्कीले आफ्ना उमेदवारलाई विजयी गराउन चुनावी अभियानलाई जोड दिएको छ । उमेदवार मनबहादुर गुरुङ, संघीय समाजवादी कास्कीका अध्यक्ष दिपक तामाङ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कास्की क्षेत्र नं. २ मा उमेदवार देवीराज गुरुङ सहितको टोलीले पोखरा १६ र लामाचौर गाविसको १, २, ३ नम्बर वडामा मतदाताको घरदैलो कार्यक्रम गरेको छ । कार्यक्रमको समापन सभामा बोल्नु हुदै उमेदवार देवीराज गुरुङले पुराना राजनीतिक पार्टी र उमेदवारहरुले मुलुकलाई कुनै निकास दिन नसक्ने बताए ।
यसैगरी कास्की क्षेत्र नं. ३ का उमेदवार पानबहादुर घर्ती भुजेललाई विजयी गराउन शुक्रवार पोखरा उपमहानगरपालिका वडा नं. ६ को भेलाले जितेन्द्र भुजेलको अध्यक्षतामा १ सय ५१ सदस्यीय चुनाव प्रचार प्रसार समिति गठन गरेको छ । यसरी नै क्षेत्र नं ४ का उमेदवार गणेशमान गुरुङलाई विजयी गराउन धितालमा सम्पन्न भेलाले राजमान गुरुङको अध्यक्षतामा ५१ सदस्यीय संघीय समाजवादी पार्टी घिताल गाविस समिति र २ सय १ सदस्य चुनाव प्रचार प्रसार समिति गठन गरेको छ ।

कमेन्टहरु
Loading...