पोखरा । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय २५ जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ सय २५ जना कोरोना भाइरस संक्रमित थप भएको जानकारी दिएका हुन् ।
योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २४ हजार ९ सय ५७ पुगेको छ । डा.गौतमका अनुसार २४ घण्टाको अवधीमा ९ हजार ८ सय ५९ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर देशभरबाट १ सय ९ जना डिस्चार्ज भएका छन् । कोरोनामुक्त भएर घर फकर्नेको कुल संख्या नेपालमा अहिलेसम्म १६ हजार ८ सय ३७ रहेको छ ।