काठमाडौं । कोरोना संक्रमित भेटिएपछि काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलंकीमा अत्यावश्यक बाहेकका अन्य बन्द भएका छन् । बिहीबार बिहानबाट स्थानीय संघसंस्था तथा क्लबको समन्वयमा कलंकीका पसल, रेस्टुरेन्ट, होटल लगायतका सबै सेवा बन्द भएको छ । औषधी पसल, खाद्यान्न लगायतका अत्यावश्वक पसल भने बन्द गरिएको छैन । वडा कार्यालय, प्रहरी प्रशासन लगायतका सेवा समेत बन्द गरिएको छ । त्यस्तै प्रहरीले कोरोना भाइरसको संक्रमणको दर बढ्दै गएको बताउँदै स्थानीयलाई बिना काम घरबाट बाहिर ननिस्कन समेत आग्रह गरेको छ ।
